Jun 18, 2010

आर्थिक अवस्था सुधार्दैछ&

,

आर्थिक अवस्था सुधार्दैछिन कुमारी

पहिले सानो छाप्रोमा जिवन गुजारी रहेकी रामपुर ८ रामेछापकी कुमारी तामाङ्गको अहिले आफ्नो दुई तले घर छ । बचत गरेको केहि रकम गाउँघरमा नै ऋण दिएकी पनि छिन । उनमा यस्तो परिवर्तन चारघरे सेवा समितिको सहाजीकरणमा गरिवी निवारण कोषद्धारा सञ्चालित विपन्नमुखी जिविकोपार्जन कार्यक्रमले ल्याएको हो । रामपुर ८ मा रहेको जमुना सामुदायिक संस्थाकी अध्यक्ष तामाङ्गले २०६३ सालमा गरिवी निवारण कोषको कार्यक्रमवाट रु ७००० हजार रकम लिएकी थिईन । सो रकमवाट उनले २ ओटा बाख्रा पालन थालिन । उनले त्यस वाट ३५,००० आम्दानी गरिन । अहिले उनी संग माउ ३ ओटा, बोका २ ओटा र खसी १ ओटा गरि ६ ओटा बाख्रा छ । गरिवी निवारण कोषले बिभिन्न ठाउँमा लगेको भ्रमणमा सरिक वनेर आएपछि उनले ब्यापार सुरु गरिन । बाख्रा पालनवाट वचाएको रकमले सुरु गरेको किराना पसलवाट उनले २ तले घर बनाउन सक्षम भईन । २ छोरा र १ छोरीलाई उनले विद्यालय पनि पढाई रहेकी छिन । मेहनत साथ काम गर्ने हो भने यस कार्यक्रमवाट ज्यादै फाइदा पुग्ने वताउँदै उनी भन्छिन “यो घर बनाए, सबै यहि कार्यक्रमको फाइदा त हो नि ।” यसरी गरिवी निवारण कोषवाट सञ्चालित विपन्नमुखी आयआर्जन कार्यक्रम वाट उनले आफ्नो आर्थिक अवस्थालाई निकै माथी पु¥याउन सफल भएकी छिन । आफ्ना छोरा छोरीलाई शिक्षा दिक्षाको प्रवन्ध गर्न सफल भएकी कुमारी गरिवी निवारण कोषद्धारा सञ्चालित कार्यक्रमको फाइदा उठाएर सानो झुप्रो घर वाट दुई तले घर सम्म आउन सक्षम भईन । यसरी सानो झुप्रो घर देखि दुई तले घरसम्मको यात्रामा उनले धेरै काममा सफलता हासिल गरिन । जुन सफलताले नै उनलाई आफ्नो समुदायमा उदाहरणीय वनाएको छ ।

Sources: Various magazines and Sites

0 comments to “आर्थिक अवस्था सुधार्दैछ&”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger