साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै रोजगारको सिलसिलामा भारत पसेका पतिले उतै घरजम गरे ।
सँगै जिउने वाचा गरेका खसम अर्कैको अँगालोमा बाँधिएपछि चित्रे ६ की बाटुली शर्मा एक्ली भइन् । र, ४५ वर्षदेखि एक्लो जीवन बिताउँदै आएकी छिन् । सुरुका वर्ष पतिको न्यास्रोले पिरोलिएकी बाटुलीलाई हिजोआज विन्दास छिन् । झन् साहस बढेको छ ।
'पहिले के गर्ने होला ? जीवन कसरी निर्वाह गर्ने होला ?' भन्ने पीरले सताउँथ्यो उनले भनिन्, 'अहिले पिरलो कत्ति छैन । पतिको साथबिना पनि समाजमा स्थापित हुन सकिँदो रहेछ ।' उनले भनिन् । विद्यालय नगएकी तर आज प्रौढ शिक्षा पढेपछि चिठी लेख्ने र मोबाइल चलाउने भएकी छन् ।
पतिले छाडेपछि केही समय त्यसै बिताएकी उनी अहिले समाज सेवामा सक्रिय छिन् । ५६ वषर्ीया बाटुली १७ वर्षदेखि समाज परिवर्तन गर्ने अभियानमा छिन् । उनको यो अभियानलाई अन्य महिलाले पनि साथ दिएका छन् । 'पहिला समाजमा पतिलाई रिझाउन न सक्दा श्रीमान्ले छाड्यो भनेर गिज्याउने धेरै थिए,' उनले अतीत सम्झँदै भनिन्, 'अहिले कुरा काट्नेहरू मेरो कार्यको प्रशंसा गर्न थालेका छन् । त्यसैले उनलाई समाज सेवामा लाग्न थप प्रेरित गरेको छ ।
त्यसो त हिजोकी एक्ली बाटुली अहिले हजारौं पर्वतवासीको मानस पटलमा छाएकी छन् । माइतीको सहयोगले बिहान बेलुकाको आहारा जुटाउने बाटुली कहिले समाजको कामले त कहिले पार्टीको कामले एक छिन फुर्सद पाउँदिनन् । उनी झन्डै एक दर्जन संघसंस्थामा आबद्ध छिन् भने नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य छिन् । दुःखमा समेत हाँसेर समाजको कार्यमा
लाग्ने उनी गाउँलेको काम गर्न साँझ
बिहान भन्दिनन् । भोकै भए पनि
दौडिहाल्छिन् ।
'घरमा सहयोग गर्नुपर्यो बाटुली दिदी भन्दै पीडामा परेकाहरू आउँछन्,' उनले आफ्नो दैनिकीबारे भनिन्, 'उनीहरूको पीडा सुनेर एक्लै फर्काउन मन लाग्दैन । साथमै गई सहयोग गर्छु ।' कोही उपचारका लागि आर्थिक सहयोग माग्दै त कोही घरपरिवारबाट पीडित बनेकाहरू सहयोगको अपिल गर्न उनी कहाँ आइपुग्छन् । कैयौं पटक बाटुली आफैं पोखरा र काठमाडौं गई खर्च अभावमा
उपचारबाट वञ्चितहरूको ऋण खोजेर उपचार गर्दिएकी छन् ।
त्यसो त गाउँमा हुने श्रीमान्, सासूससुराको झगडा पनि बाटुलीले नमिलाएकी भने होइनन् । 'सुरुमा त बोल्न पनि एकदमै लाज लाग्ने गथ्र्यो,' उनले भनिन्, 'समाज सेवामा लागेपछि त बोल्ने कलाको पनि विकास भयो । त्यसैले आफूले उपस्थिति जनाएको कार्यक्रममा दुई चार शब्द आफ्ना कुरा नराखी फर्किन्न ।' उनलाई समाजसेवी बाटुली भनेर गाउँमा मात्र नभई सिंगो जिल्लाले चिन्छ । हँसिली उनी वृद्ध अवस्था पार गर्न लाग्दासमेत समाज सेवाकै काममा सक्रिय छिन् । उनी विकास निर्माणको कार्यदेखि गाउँलेको खेतमा गएर धान रोप्नसम्म पछि पर्दिनन् ।
'पहिला त मोबाइल फोन नहुँदा समस्या थियो,' उनले भनिन्, 'अहिले त ऋण गरेर मोबाइल किनेको छु, मोबाइलमा फोन आउन साथ गाउँलेले बोलाएको ठाउँमा पुग्ने गर्छु ।' उनले ५ हजार रुपैयाँमा वर्ष दिन अघि मोबाइल लिएकी हुन् । त्यसो त गाउँमा केही विकास निर्माणका कार्य गर्नुपूर्व सबैले उनको राय लिने गर्छन् । 'बाटुली दिदी जस्ता महिला गाउँमा मात्र नभई नेपालमै सायदै मात्रमा होलान्,' शिक्षक मधुसुधन अधिकारीले भने, 'त्यही भएर उहाँकै कारण गाउँ फेरिदै गएको छ ।' बाटुलीको प्रशंसा गाउँमा मात्र नभएर सहरमा समेत हुने गरेको छ ।
उनको नाम सानैमा माइतीले राखिदिएका हुन् । 'म गाउँकी मात्र बाटुली होइन,' उनले भनिन्, 'दुःख कष्ट परेका सहर बजारकालाई सहयोग गर्न सक्ने साहस भएकी सबैकी बाटुली हुँ ।' उनी कहिले माइतीले दिएको अन्नले छाक टार्छिन्, कहिले गाउँलेको घरमा । कहिले भोकभोकै रात काट्नुपरेको पनि छ । 'बाँचुन्जेल मात्र होइन मरेपछि मलाई सबैले सम्भिmउन्,' उनले भनिन्, 'त्यही भएर बाटुली नामलाई अजम्बरी बनाउन समाज सेवामा लागेकी छु ।'
प्रकाशित मिति: २०६८ श्रावण १४ १०:१४
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 29, 2011
Subscribe to:
Post Comments (Atom)


