करिव ६५ प्रतिशत जनता कम्युनिस्टको पक्षमा हुादा समेत कम्युनिस्टहरू सत्तादेखि कोसौा टाढा छटपटाइरहन पर्नु र मुठ्ठीभर शोषक, सामन्त तथा दलालहरूले जनतामा शासन गरिरहनुको मुख्य कारण कम्युनिस्ट नेतृत्वको अदुरदर्शिता नै हो । यिनै यावत समस्याहरूको गम्भीर अध्यायन गर्दै, ती विगतका समस्याहरूबाट पाठ सिक्दै भीषण वर्षसंघर्षको माध्यमबाट जनतालाइ सचेत, सागठित तथा जागरुक बनाउादै आकासमा तारा छरिएझौ छरिएर रहेका कम्युनिस्टहरूसाग कसैसाग कार्यगत एकता त कसैसाग पार्टी एकता गर्दै राज्यको सबैभन्दा ठूलो जननिर्वाचित शक्ति बन्न सफल एकीकृत नेकपा माओवादीमा समेत पुनः बिगतकै रोगको संकेत देखिनु अत्यान्तै दुखद पक्ष हो । इतिहासका भुलहरूबाट पाठ सिक्दै एकता, संघर्ष र रूपान्तरणको माध्यमबाट पार्टी तथा क्रान्तिलाई अझ उचाइमा पुर्याउनुपर्ने अवस्थामा पार्टीभित्रै गुट, उपगुट श्रृजना हुनु, कसैको इतिहास नै समाप्त पार्ने गरी सागीन आरोपका वाणहरू हानिनु, आफ्नै सहयोद्धाको अन्त्यमा आफ्नो सुन्दर भविष्य देख्ने प्रवृत्ति बढ्दै जानु आफौमा ठूलो बिडम्बना हो । प्रतिक्रियावादी, सामन्त, दलाल तथा बिस्तारवादीहरूले अर्बौंको खोला बगाउादा साम, दाम, दण्ड, भेदलगायतका सबै अस्त्रहरू एकैसाथ प्रयोग गर्दासमेत गर्न नसकेको कार्य जानेर वा नजानेर माओवादीहरू आफौ गर्दैछन् । परिवर्तनकामी तथा क्रान्तिकारी कार्यकर्ता तथा आमजनताका निम्ति सबैभन्दा दुखद तथा पीडादायी क्षण यही बन्न पुगेको छ । ऐतिहासिक चुनवाङ बैठक ठीक थियो वा ठीक थिएन, त्यो बैठकका निर्णय सही थिए वा गलत थिए रु शान्ति तथा संविधानको निम्ति बिगतमा पार्टीले गरेका निर्णयहरू सही थिए वा गलत सावित भए रु संविधानसभाको निर्वाचन, त्यसमा पार्टीको सहभागिता हुादै अहिलेको अवस्थासम्म आइपुग्नु सही हो या गलत रु पार्टीले आत्मसात गरेको शान्ति र संविधानको सार्थकता कार्यनीति हो वा रणनीति रु यी सबै विषयवस्तुहरूमा छलफल चल्नुपर्छ, स्वस्थ्य बहस हुनुपर्छ, चुनवाङ बैठकदेखि खरिपाटी हुादै पालुङटारसम्मका सम्पूर्ण बैठक तथा भेलाहरूका गम्भीर समीक्षा हुनुपर्छ । तर यो सबै पार्टी सिस्टममा हुनुपर्छ, एउटा पद्धतिभित्र रहेर हुनुपर्छ । बहस तथा छलफलका नाममा लागेको गुट(उपगुटको डढेलो तत्काल नियन्त्रण गर्न आवश्यक छ । विगतका काम कारवाहीका समीक्षा गरेपछि त्यसैका आधारमा विगतका कमी कमजोरीहरूलाइ सच्याउादै नयाा एकताका साथ नयाा उचाइमा पुग्नको निम्ति नयाा योजना निर्माणमा जुट्न आवश्यक छ ।
एउटा जीवन्त कम्युनिस्ट पार्टीमा अन्तरसंघर्ष तथा दुई लाइन संघर्ष चल्नु भनेको पाहाड नै खस्नु होइन । अझ वर्षसंघर्ष पेचिलो बन्दै गएको अहिलेको परिप्रेक्ष्यमा अन्तरसंघर्षसमेत अझ निर्मम बन्न सक्छ । तर सचेत प्रयत्नबाट यो संघर्षलाई सार्थक उपलब्धिमा लगेर टुंग्याउने कोसिस गरिनुपर्छ न कि सबैको अवसान हुनेगरी । अहिलेसम्मका उपलब्धि कसैको व्यक्तिगत ताकतले वा व्यक्तिगत प्रयासले मात्र प्राप्त भएका होइनन् , सबैका इमानदारीपूर्ण तथा बलिदानीपूर्ण सामुहिक प्रयासमा प्राप्त भएका हुन् । प्राप्त भएका निश्चित उपलब्धिमा आफ्नो नाम लेखाउन खोज्ने तथा भएका केही कमजोरी तथा अपजस जति अर्काको थाप्लोमा थोपरिदिन खोज्ने जुन प्रवृत्ति मौलाउादै छ, यसलाई तत्काल रोक्न आवश्यक छ । जहाासम्म शान्ति र संबिधान कि जनविद्रोह भन्ने सवाल छ, यसमा सबैभन्दा पहिला नेतृत्वको बुझाइमा एकरूपता हुनु जरुरी छ, अनि बल्ल कार्यकर्ता तथा सर्वसाधारणसमेत प्रस्ट हुन्छन् । शान्ति र संविधानमा जोड दिने भन्नुको अर्थ आत्मसमर्पण गर्नु होइन, र सशस्त्र बिद्रोहमा जाने भन्नुको अर्थ प्राप्त सीमित उपलब्धिलाई समेत रसातलमा फाल्दै सडकमा निस्कनु होइन । शान्ति र संविधानमा जोड दिने भन्नुको अर्थ संविधानसभाबाट वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि उत्पीडन तथा भेदभावको अन्त्य गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्दै, तिनलाई स्वायत्तता दिादै राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउादै, परिवर्तनको निम्ति जीवन(मरणको युद्ध गरेर आएको जनमुक्तिसेनाको ससम्मान समायोजन गर्दै अगाडि बढ्ने हो । जसअन्तर्गत राज्यको स्वरूप, कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाको स्वरूप तथा तिनीहरूको क्षेत्राधिकार, सेनाको पुनर्संरचना तथा कर्मचारीतन्त्रमा आमूल परिवर्तनलगायतका सम्पूर्ण कुराहरू पर्न आउाछन्, यदि यो प्रकृयामा अवरोध हुन्छ भने त्यसको बिकल्प नै जनबिद्रोह हो । शान्ति र संबिधानको प्रकृयामा अगाडि बढ्न दिइादैन भने, भााजो हाल्ने तथा सर्त थोपरिरहने वा आप्ना स्वार्थ सुनिश्चित नहुादासम्म माओवादीलाई पेलिरहने, आत्मसमर्पण गराएरै अगाडि बढ्ने सोच यदि कसैले बनाउाछन् भने, बिद्रोहको नेतृत्व मात्र माओवादीले गरे पुग्छ, किनकि त्यो अवस्था भनेको जनता आफौ सडकमा झर्ने अवस्था हो । प्राप्त भएका निश्चित उपलब्धिहरूलाइ संस्थागत गरेर अन्य उपलब्धिको लागि अगाडि बढ्नुको बदला भएका उपलब्धिको ख्याल नगरी अगाडि बढ्न खोज्दा जमिनको टिप्न खोज्दा खल्तीको समेत खस्न सक्छ । यसो भन्नुको अर्थ जनबिद्रोहको बिरोध गर्नु कदापि होइन, शान्ति र संबिधानको निम्ति सकिने जति प्रयास भएन कि कहीले शान्ति र संबिधानभन्दा त्यसैमा भुल्ने, कहिले जनबिद्रोहभन्दा त्यसैमा मात्र झुल्ने भयो कि भन्नेतर्फ ध्यान दिनैपर्छ । शान्ति र संबिधान वा जनबिद्रोह कुनै पनि निरपेक्ष हुन सक्दैन । त्यसकारण यस विषयमा नेतृत्वपंतिमा स्वस्थ्य बहस तथा सघन छलफल चल्नुपर्छ र उचित निस्कर्ष निकाल्दै जनतामा जान ढिला गर्न हुादैन । माओवादीले शान्ति र संबिधानमा जोड दिए पनि वा जनबिद्रोह गरे पनि त्यसको सफलता वा असफलता जनतामा निर्भर गर्छ त्यसकारण जनतालाई केन्द्रबिन्दुमा राख्दै जनतासागै अगाडि बढ्नुपर्छ । पार्टी शहरीकरण भयो, गाउा बिर्सियो भन्ने जुन कुराहरू सुनिादैछन् यसतर्फ तत्काल ध्यान दिन आवश्यक छ ।
संचारमाध्यममा आए जसरी नै माओवादीभित्र पद, प्रतिस्ठा तथा कुर्सीको लडाइा चलेको हो भने, गुट(उपगुटका निर्माण त्यसैका लागि गरिएका हुन भने माओवादीलाई मासिनबाट कसैले जोगाउन सक्दैन । पार्टीको लक्ष्य वा रणनीति निर्धारण गर्ने क्रममा तथा उक्त राणनीतिक लक्ष्य प्राप्त गर्ने क्रममा कस्तो कार्यनीति अपनाउने, कुन माध्यमबाट अगाडि बढ्ने भन्ने विषयमा पार्टीभित्र भीषण छलफल चल्दै गर्दा कसैले यही अवस्थालाई कुर्सी प्राप्तिको माध्यम बनाउन खोज्छ भने, विचारको बहसलाइ शक्तीसंघर्षमा बदल्न खोज्छ भने, कसैले आप्नो हैसीयत बढाउने मौकाको रूपमा यो अवस्थाको उपयोग गर्न खोज्छ भने, कसैले पद, पैसा र प्रतिस्ठा बढाउने कुरामा पुगेर सहमती गर्छ भने त्यो भन्दा ठुलो गध्दारी अरु केही हुनै सक्दैन । त्यस्तो हुनु भनेको माओवादी पतन हुनु हो, सीध्दीनु हो । त्यसैपनी जनताका नजरमा माओवादीले कुनै उल्लेख्य काम गर्न सकीरहेको छैन, मुल्यबृध्दी, मीसावट तथा कालाबजारीले पेलीरहदा जनता सहन बाध्य छन् । सामाजीक जीवनमा परीवर्तनको कुनै गुन्जायस समेत भेटीदैन । अभाव, असीक्षा, अराजकता, असमानता, तथा बेरोजगारी बढ्दो छ । ८, १० बर्स अगाडी देखी बेपत्ता पारीएका हजारौ योध्दाहरूका अवस्था अझै अज्ञात छन्, त्यती नै समय अगाडी देखी सरीरमा ग्रीनेडका छर्रा तथा गोली बोकेर उपचार नपाएकाहरूका पीडा आप्ना ठाउामा छन्, अंगभंग तथा अपांगहरूको अवस्था अझ दयनीय छ, जनताको मुक्तीको माहान युध्दमा योग्य भएका तर प्रमाणीकरणमा तथाकथीत अयोग्यको बिल्ला भीराइ फालीएकाहरूका दर्दनाक कथा उस्तै छन्, आफुले रगतका आासु पीएर स्थापीत गरेको नेतृत्व, आफु लास बनेर जमीनमा ढल्दा पनी त्यही लासको टेको लगाएर माथी पुर्याएको नेतृत्व अहीले निहीत स्वार्थपुर्तीको निम्ती, आप्नो हैसीयत बढाउनको निम्ती, पद तथा प्रतिस्ठाको निम्ती, फगत जुंगाको लडाइमा रम्छ भने त्यो बिश्वासघात हो, त्यो गध्दारी हो, त्यो धोखा हो । यदी यो सत्यलाइ आत्मसाथ गरेर माओवादी नेतृत्व एकढीक्का भएर अगाडी बढ्दैन भने तत्काल कोही केही अगाडी त पुग्ला, तर अली अगाडी पुगेर पछाडी र्फकदा कसैलाइ देख्नेछैन, एक्लो हुने छ, फगत एक्लो ।


