यतिखेर पनि देशले संक्रमणकालिन अवस्थाबाट पार नपाइसकेको अवस्था छ भने अर्कोतिर नेपालका पार्टीहरुभित्रको अन्तरकलह र विचारधारात्मक राजनीतिक तहमा देखिएको मतभेदको कारणले गर्दा पनि यो
संक्रमणकाल लम्बिदै गैरहेको छ । राजनीतिक पार्टीहरुभित्रको अवस्थाले बाह्य अवस्थालाई महत्वपूर्ण रुपले
प्रभाव पार्दछ । एकीकृत ने.क.क.पा.(माओवादी) माओवादी पार्टी ले पालुङटारको वैठकमा आफूभित्रको वैचारिक विविधतालई हल गर्नको लागि महत्वपूर्ण आन्तरिक जनवादको अभ्यास गरेर फर्किएको अवस्थामा पनि
जनतादेखि लिएर कार्यकर्ताहरुमा जिज्ञासा यथावत नै थियो कि पालुङटारपछाडिको पार्टीले पुनर्जीवन
सहित अगाडि बढ्ने हो या फेरि उही चालमा अगाडि बढ्ने हो ?
निश्चय नै बैठकअगाडिको अकर्मण्यता र गञ्जागोलको स्थितिबाट पार्टीलाई एक कदम अगाडि बढाएर लैजाने आँट नेतृत्वले नगर्ने हो भने आगामी दिनहरु माओवादी नेतृत्वका लागि थप फलामका चिउरा साबित हुनेछन् ।
किन कि पछिल्लो कालमा आएर माओवादीभित्र झ्यांगिएको विकराल समस्या भनेको वर्ग उत्थानको
समस्या वा जायज र नाजायज छुट्याउन गाह्रो परिरहेको समस्या हो । अब आएर इमान्दारीताकासाथ
जसले क्रान्तिको कुरा गर्छ उही मान्छे बेकुफ बन्नुपर्ने अवस्थाको सृजना हुँदै गैरहेको छ भने क्रान्तिकारी लफ्फाजीलाई व्यक्तिगत स्वार्थसँग भजाएर मनपरी गर्नेहरु नै नेतृत्वको वरिपरि झुम्मिने, त्यस्ता
पात्रहरुमार्फत विजातीय चिन्तन, प्रवृत्ति र व्यवहार पार्टीमा हावी भएर जाने खतरा छ । सानो गल्छेडो पार
गर्न सकेको छैन, तर त्यसपछिको नदी कसरी पार गर्ने भनेर झगडा गरिराख्नुको अर्थ छैन । आज कता
कता तत्कालका समस्याहरु हल हुन नसक्दा, विजातीय चिन्तन, प्रवृत्तिहरुले डेरा जमाउदै गर्दा माओवादीको नाममा कतिपय स्वघोषित क्रान्तिकारीहरुले पार्टीकै बद्नाम हुने हर्कतहरु गरिरहँदा छैनन्, उनीहरु निराश हुदै जाने दिनहरु आउनसक्छन् ।
अतिरञ्जित आशावाद या वस्तुगत परिस्थितिको अतिरञ्जित व्याख्या विश्लेषणहरुले कार्यकर्ताहरुको दिमाग भरिने तर अगाडिको परिस्थिति अन्यौलग्रस्त एवं दिशाविहीन बन्दै जाने हो भने पक्कै पनि त्यसको परिणामा
प्रत्युत्पादक हुने पक्का छ । क्रान्तिकारी कुरा गरेर कोहि पनि क्रान्तिकारी हुन सक्दैन त्यसको लागि क्रान्तिकारी हुनैपर्छ ।
काम एकातिर कुरा अर्कोतिर आज माओवादीभित्रको विकराल रोग सावित हुँदै गएको छ । यसको कारण कसैको नियतमा भएको समस्या मात्र भन्दा पनि वर्गउत्थान र रुपान्तरणविरोधी आचरण, प्रवृत्ति र संस्कारहरुमाथि कडा निगरानी राख्न नसक्नुको परिणाम नै हो । यसको लागि एकपटक आँखा चिम्लेर शीर्ष नेतृत्वले पार्टीलाई त्यसरी सुद्धिकरणको साँचोमा हाल्न आँट गर्नुपर्छ जुन कुराले पार्टी भित्र र वाहिरका
अवसरवादीहरुलाई नराम्रोसँग करेण्टको झड्का लागोस् । अवसरवादी, संसोधनवादी वा अन्य कुनै पनि नकारात्मक उपमा कसैलाई आत्मतुष्टिको लागि मात्र भिराइदिने हतियार नबनून । को के हो भन्ने कुराको फैसला व्यवहारबाटै हुन्छ र हुनुपर्छ । व्यवहार नाप्ने आधारभूमि समाप्त नहोस् भन्ने कुरामा माओवादी
नेतृत्व सजग छ कि छैन ? यदि सजग छ भने रोगलाई सरापेर मात्र रोगमुक्त हुन असम्भव छ ।
सनकका भरमा हरेकलाई एक एकवटा विल्लाहरु भिराइदिएर समस्याहरुको समाधान खोज्ने बाटो त सजिलो लाग्नसक्छ, तर त्यसबाट समाधान निस्दैन बरु बल्झिन्छ । जसरी बाह्य राजनीतिमा धेरै कुराहरु अरुतिरमात्र तेस्र्यादिएर मात्र जनताप्रति जवाफेहि बन्न सकिन्न, त्यसैगरि आन्तरिक रुपमा पनि बिग्रिएका कुराहरुको जिम्मा कसैको काँधमा हालिदिएर कार्यकर्ताप्रति जवाफदेही बन्न सक्ने स्थिति छैन । सबै कुरा ठीक ठाक छन् भन्दा भन्दै पनि पार्टीभित्र विकृति र विसंगति थुप्रिदै जाने कुरा, संसोधनवादले जरा गाड्दै जाने कुरा एकैचोटि
हुने होइनन् किस्ता किस्तामा हुने कुरा हुन् । हो, त्यही किस्ताबन्दीमा प्रवेश गरिरहेका विकृतिहरुले माओवादी पार्टीलाई घेराबन्दी गर्दै जाँदा आफू अल्पमतमा परिन्छ िक भ न् न े ड र ल े व ा
लामो समयदेखि एउटै चुलोमा खाएको कारणले गलत पात्र र प्रवृत्तिहरुलाई अरुतिर देखाएर जोगाउँदै मात्र जाने हो भने भोलिका दिनहरुमा पनि माओवादी पार्टी एउटा जुझारु संसोधनवादी पार्टी बन्ने अपेक्षा त गर्न सकिन्छ, तर क्रान्तिकारी पार्टी बनिरहने कुराको अपेक्षा गर्न सकिन्न । जव अन्तर्संघर्षको कुरा आउँछ विचारको आधारमा स्वस्थ्य अन्तर्संघर्ष संचालन गर्नुपर्ने कुरा र अन्तर्संघर्षबाट रुपान्तरण र एकता पैदा गर्ने
कुरा सायद सैद्धान्तिक वा नीतिगत तहमा सहमति जनाइने मात्र होइन कि सायद धेरैबाट धेरैचोटि उठाइने विषयबस्तुहरु हुन् । तर सबैभन्दा बढि यिनै कुराहरुको खिल्ली किन उडाइन्छ ? बुझ्न नसकिरहेको अवस्था छ
। सैयौं फूलहरुलाई फुल्न देऊ भन्ने माओको उक्तिपनि हामीकहाँ धेरै प्रयोगमा आउने थेगो बनेको
छ । अर्को कुरा के पनि साँचो हो भने माओले उक्त कुरा सजातीय विचारहरुको विचमा नै भन्नुभएको हो , अर्थात क्रन्तिलाई कसरी मजबुत बनाउने भन्ने कोणबाट आएका विचारहरुको बीचमा प्रतिस्पर्धा हुन पाउनुपर्छ
भन्ने कोणबाटै भन्नुभएको हो ।
तर इमान्दारीपूर्वक छातीमा हात राखेर भन्ने हो भने क्रान्तिकारी आन्दोलनभित्र हामीले त्यो आदर्शलााई व्यवहारमा पुष्टी गर्न सकेका छैनौं । भिन्न्न मत पनि कुनै बेलाको लागि पार्टीको पूँजी बन्न बन्न सक्छ यदि गलत नै विचार रहेछ भने पनि त्यसलाई गलत साबित गर्ने भनेको सैद्धान्तिक चिरफारले मात्र हो,
व्यक्तिलाई निशेध गरेर होइन भन्ने मान्यतालाई मुखले जे भने पनि कम्युनिष्ट आन्दोलनले राम्रोसँग
स्थापित र्ग नसकेकै हो । के यस कुरामा एक्काइसौं शताब्दीमा क्रान्तिको अगुवाई गर्ने पार्टीले गम्भीरतापूर्वक
आत्मसमीक्षा गर्नु जरुरी छैन र ? जुनसुकै विचार बोकेको किन नहोस् संख्यात्मक रुपमा कम्जोर छ भने
त्यसलाई प्राविधिक बहुमतलाई आधार बनाएर सकेसम्म भित्तामै पु¥याउनुपर्छ भन्ने अत्यन्त अवैज्ञानिक र असहिष्णु सोंचले जवर्जस्ती घर गरेको छ । अब रुपान्तरणको सुरुवात यहाँबाट गरिनुपर्छ ।
रुपान्तरणको प्रतिबद्धता जाहेर गरिरहनु तर रुपान्तरण नहुनु हाम्रो आन्दोलनको गतिमा देखा परेको बाधक तत्व हो । रुपान्तरणको आवरणमा लुकिवसेको यथास्थितिबाद अत्यन्त खतरनाक हुन्छ, किनकि त्यसलाई क्रान्तिकारीहरुको समर्थन प्राप्त हुन्छ । आफूलाई रुपान्तरणको प्रमुख पात्र नसम्झनु, नारालाई कि त
विरोधको हतियारको रुपमा या उपदेशको लागि शव्दाडम्बरको रुपमा मात्र सीमित गर्नु, यो प्रवृत्तिले संघर्षलाई
निरन्तरता दिन त सक्छ तर त्यो संघर्ष रुपान्तरण र एकतामुखी संघर्ष हुनसक्दैन । तसर्थ यी कुराहरुको
निवारणतर्फ पार्टी नेतृत्वले आँट गरेर जान्छ भने जनसमर्थनको कोणबाट अहिले पनि माओवादी पार्टीको विकल्प छैन, क्रान्तिकारी कार्यकर्ताहरु र जनशक्तिको कोणबाट पनि तुलनायोग्य अर्को कुनै समृद्ध पार्टी छैन । दिमागमा क्रान्ति नै राखेर यसको नजिक आउनेहरुको आकर्षण अहिले पनि कायम छ । त्यो स्थितिमा विद्रोह
कतिखेर हुन्छ भनेर टाउको दुखाइराख्न जरुरी छैन किन कि विद्रोहको नियम सार्वभौम मानव अधिकारभित्र पर्दछ जुन जनताको सबैभन्दा न्यायसंगत र अन्तिम विकल्प हो भएका रोगहरुको उपचारमा ध्यान पुगेन भने
नजिक आउदै गरेको क्रान्तिको संभावन पनि टाढा हुँदै जानेछ । ।सुचना पत्र बाट इमानदारहरु जसको दिल दिमागमा सिवाय क्रान्ति बाहेक अरु धेरै कुरा
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 28, 2011
Subscribe to:
Post Comments (Atom)


