Jul 28, 2011

एस्. एल्. सी. को चिट–बहार

,
लीको वासन्ती उत्सव लगत्तै
नेपालभरि चिट उत्सव वा बहारको
थालनी भएको छ । एस्. एल्. सी.
लाई आइरन गेट भनेर ठेट रुपमा
साइरन बजाएर कोकोहोलो मच्चाए
पनि केही बर्ष यता यो परीक्षा
आल्मोनियम गेट हुँदै प्लास्टिक गेटमा
रुपान्तरित भएर अब त पेपर गेट
याने कागजी द्वारमा नै टुङ्गिसक्न
लागेको देख्दा मर्मवेत्ता शिक्षाधिपतिहरु
दिक्क र वाक्क हुन थालेका छन् ।
एस्.एल्.सी. परीक्षालाई कतिपय
व्यञ्जनावादीहरुले ’ए ! सिल्ली परीक्षा
! !’ भनेर गिल्ली गरेर उल्लीबिल्ली
पारेको निकै नै भयो । कतिपय त
एस्.एल्.सी. परीक्षा अवधिलाइ ’चिट
सप्ताह’ ’चिट नवाह’ भनेर झम्टिएका
पनि छन् । महाभारत युद्घको तयारी
वर्णनझैं यसपालि पनि नयाँ
शिक्षामन्त्रीले सो परीक्षाको मर्यादामा
सुरक्षा तागतको अत्यधिक मार्च
गराएर फलामे टोपी र बन्दुकको
दुहाई दिई केन्द्रस्थलहरुमा कबाज
खेलाउने उल्कापात सुनाए । कानूनी
राजको दुहाइ दिंदै सार्वजनिक
अपराधअनुसार कारवाही हुने चेतावनी
पस्किए । जेहोस् नयाँ झण्डाधारीले
डण्डाधारी प्रयोग गरेर परीक्षालाई
मर्यादित गर्ने एकोहोरो बर्दी
चिन्तनलाई पुनर्रटान दिए । बौद्घिक
अभ्यास, प्राज्ञिक कसरत र अन्य
सिर्जनात्मक सोंचलाई बोझ संझिएर
उही बासी मानसिकताले मन्त्री पदलाई
काशी ! काशी ! ! नै भने । सबभन्दा
मजाक कुरा त पार्टीहरुलाई केन्द्राध्यक्ष
लगायतका पदहरुको भागबण्डा
लगाएर परीक्षाको अण्डा पार्ने तल्लो
स्तरको जण्डा प्रक्रिया अपनाए ।
क्षमतावान् , अनुभवी, पार्टीझोलेभन्दा
स्वाभिमान रुचाउने योग्य
शिक्षकहरुलाई अर्ध (चन्द्राकार दिएर
नेतालाई सुमेरु पर्वत ठानेर प्रदक्षिणा
गर्नेहरुनै परीक्षा सञ्चालक र हर्ताकर्ता
बनाइयो । परीक्षाकेन्द्र आसपास
सनातनी रुपमै “चिट उद्योग खर
खजाना केन्द्र” को स्थापना अघोषित
रुपमा गरेर गाइडै( गाइडका काइट
परीक्षास्थलको टाउको माथि उडाउने
एस्. एल्. सी. को चिट–बहार
अवैध धन्दालाई ह्यूम्यान राइट भनेर
फाइट गर्ने तमासा ज्यूँ का त्यूँ छ ।
मोरङ्का “तारावाल आवासीय
मा.वि.”का ’डा.’फुर्कोधारीले आफ्ना
दारी पाकेको ख्यालै नगरी थाकेको
मनस्थितिमा परीक्षा संचालन अगावै
प्रश्न बाहिर्याएर आफैमाथि
प्रतिप्रश्नका झँटारा बर्षाएका छन् ।
यिनीलगायतकाहरुको प्राज्ञिक
दिवालीयापनको नाङ्गो फोहोरी चित्र
सञ्चार जगत्मा कर्कश र आक्रोशका
पहाड बन्न गयो । बोराका बोरा चिट
बरामद गरेर नाकको पोरा फुलाएका
ठेकदारहरुको स्फूर्ति एकै छिनमा
लज्जावती झार झैं लल्याक (लुलुक
भएर भीडमाझ माफी मागेको प्रचण्ड
चरित्र पनि छताछुल्ल हुन पुग्यो ।
साइज(साइजका चिटले परीक्षार्थीको
खर(खजाना मिनिमाइज भएको
पाइएन ।
हाम्रो पछाडि राजनीतिक दल
छँदैछ चेतावनी, पक्राउ मुद्दा त
केवल हाउगुजी मात्र हुन् भनेर परीक्षा
सञ्चालकको नकाव लगाएकाहरु भित्रै
देखि सुरिएर प्रश्न पत्र बाहिर्याउने,
फोटोकपि गर्ने, सहयोगी पुस्तिकाका
पाना(पाना च्यातेर तानाबाना बुन्नेमा
ट्युसन सेन्टर संचालकदेखि
प्रधानाध्यापक शिक्षक परिचर र
आउरे ,बाउरे कस्सिने कु(काममा कुनै
न्यूनता आएन । उडन्ते निरीक्षकदेखि
घुमन्ते, बसन्ते, उठन्ते सबै खाले ’काले
(काले मिलेर खाम भाले” भन्ने
लोकगीतलाई मित बनाएर परीक्षाको
पक्षमा अहित प्रकट गर्ने धन्दामा
बढोत्तरी नै भएको छ । ५ लाख
तरुणहरुलाई नव नेपालको वरुण र
अरुण बनाउने सपनामा एसिड वर्षा
गराएर शिक्षा क्षेत्रमा अराजकताको
ताण्डव यसपालि पनि जमेर गरिंदैछ
। दसबाह्र बर्षसम्म स्कूल हल्लाएर
अन्त्यको परीक्षाको अनैतिक हर्कत
गराउने अभ्यासमा तप्का(तप्काका
नामधारी अगुवा नै लागि परेको देख्दा
हाम्रो शैक्षिक स्तरको रसातल यात्राले
राम्रै गति लिईरहेको छ । विद्यालयमा
सञ्चालन हुने त्रैमासिक परीक्षाहरु
केवल अन्तिम परीक्षाको लागि चोर
चार गर्न दक्ष बन्ने रियाज मात्र भएका
छन् । विद्यार्थीसित मनग्गे शुल्क लिएर
कमाउ मार्ग पछ्याएका नव कुवेरहरुले
परीक्षालाई दीक्षाको सूत्र नबनाएर
जसरी पनि भिक्षा जम्मा गर भन्ने
लूटतन्त्रको कु(संस्कार नै बसाए बा !
बा ! ! केन्द्रशालाका शौचालयसम्म
चिटशाला चिटालय बनेको
कहालीलाग्दो दृष्य छ ।
हात, नारी, तिघ्रा । स्तनमण्डल
र गोप्याङ्गमा समेत चिट कोचेर
हलभित्र परीक्षा सुरु हुने बित्तिकै फिट
–फिट निकाल्ने चलन सामान्य
भैसकेको छ । विगतका जाँचहरुमा
केन्द्राध्यक्षलगायतका निरीक्षकहरुको
अङ्ग भाँच, भएर जुडो कराँतेको
क्रीडास्थल बनेकाले पनि सुरक्षाखातिर
गार्डहरु आफ्नो कार्ड प्रयोग गर्न
हिचकिचाएका छन् । सिट प्लानदेखि
चिटप्लानसम्म मिलाएर गरिएको जाँच
काँच जस्तै कच्चा छन् । खुइलिएको ,
खिनाउरिएको, टाक्सिएको र सभ्यता
संस्कृति र अनुशासनबाट पतित
सञ्चालित एस्.एल.सी. जाँच राष्टूकै
ढाड भाँच हुन लागिसक्यो । वसन्तको
बहारलाई जित्दै चिट बहारले यत्रतत्र
प्रहार गरेको बेला हामी सबै चिटाम्मे
बन्दैछौं गजब छ वा ! चीटको बहार,
रमझम र वसन्त ! तर यो हामी सबैको
अभिसाप दुर्भाग्य र पश्चगमनको यात्रा
हो । चिट बहारको बाँदरे आतङ्कलाई
बज्र मुक्का हान्नै पर्छ । अठोट, प्रतिज्ञा
र सपथ चाहिएको छ । ’चिट बहार’
विरुद्घ । अनि डा.,प्रा.,र अरु के के हो
फुर्कोधारीहरुको लुर्को तानेर भावी
सन्ततिको भविष्यमा खेलवाड गर्ने बूढा
आभारालाई मुन्ट्याऔं !

0 comments to “एस्. एल्. सी. को चिट–बहार”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger