Jul 28, 2011

पाचन अंगमा हुने घाउ

,
पाचन अंगमा हुने घाउ
पेट (आमाशय तथा सानो आन्द्राको माथिल्लो भाग) मा हुने घाउलाई
पेप्टिक अल्सर भनिन्छ ।
लक्षण तथा चिन्हहरु
–पेट पोल्नु
–मुखमा अमिलो पानी आउनु
–खानामा अरुचि हुनु
–वाक वाक लाग्नु, बान्ता आउनु
–खाना अपच हुनु
–दिसा कालो हुनु वा वान्तामा रगत मिसिएको हुनु
–पेटमा थिच्दा कडापन महशुष हुनु
रोकथाम तथा नियन्त्रण
–यो रोगबाट बच्न उपायहरु सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने ।
–धुमपान तथा मद्यपान गर्नुहुँदैन ।
–एलर्जी हुने कारणलाई समयमै पत्ता लगाई त्यसबाट बच्ने उपाय अपनाउनु
पर्दछ ।
–यो रोग लाग्न नदिनको लागि धुलो, धुँवा तथा चिसोबाट आफुलाई
बचाउनु पर्छ । ग्रामीण समुदायका घरहरुमा धुँवारहित चुलोको निर्माणले
धेरै मानिसलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।
–मानसिक चिन्ता, भय, आवेग इत्यादिबाट मुक्त हुनुपर्दछ ।
–चिसोबाट जोगिनुपर्दछ । अत्याधिक चिसो पेय तथा खाद्यपदार्थको सेवन
गर्नुहुन्न ।
–विभिन्न रोगको संक्रमणबाट बच्नु पर्दछ ।
–यो रोगको उपचार धेरै कठिन हुन्छ किनभने एकपटक निको भएसकेपछि
पनि यो बारम्बार भइरहन्छ । यो रोगको लागि एकपटक औषधी खाएर
पुग्दैन । त्यसैले स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नु पर्दछ ।

0 comments to “पाचन अंगमा हुने घाउ”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger