Jul 28, 2011

नीलकण्ठमा एमालेको प्रशिक्षण

,
संगठन
सुदृढिकरण शान्ति र संविधान, एमाले
धादिङको घरदैलो अभियान भन्ने नारा
सहित शुरु भएको नेकपा एमाले
धादिङको ३ महिने जनअभियान
अन्र्तगत नीलकण्ठ गाउँ स्तरीय
कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिवार
धादिङबेसिमा सम्पन्न भएको छ ।
नीलकण्ठ गाउँ कमिटिका अध्यक्ष कुल
बहादुर मगरको अध्यक्षतामा सम्पन्न
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले क्षेत्र
नम्बर २ का राष्टिूय प्रतिनीधि परिषद्
सदस्य रामप्रसाद अधिकारीको प्रमुख
आतिथ्य तथा नेकपा एमाले जिल्ला
कमिटी धादिङका सचिवालय सदस्य
खेम लोहनीको विशेष आतिथ्य रहेको
थियो । यसैगरी कार्यक्रममा नेकपा
एमाले जिल्ला कमिटी धादिङका सदस्य
तथा सात नम्बर इलाका इन्चार्ज
हरीप्रसाद शर्मा अधिकारी, जिल्ला
कमिटी सदस्य तथा नीलकण्ठ गाउँ
कमिटी इन्चार्ज बेद बहादुर खाँड,
जिल्ला कमिटी सदस्य तथा युवा संघ
नेपाल धादिङका अध्यक्ष अर्जुन
नीलकण्ठमा एमालेको प्रशिक्षण
गोर्खाली , २ नम्बर क्षेत्रिय अध्यक्ष
जानुका सिम्खडा, अधिवक्ता
गोविन्दराज श्रेष्ठ लगायतको आतिथ्य
रहेको थियो ।
कार्यक्रममा वर्तमान राजनीतिक
अवस्था, नेकपा एमालेको भूमिका,
नेकपा एमालेको आगामी कार्यदिशा,
नेकपा एमाले र अन्य पार्टीबिचको
अन्तरसम्बन्ध र संगठन सुदृढिकरणका
विषयमा नेकपा एमाले क्षेत्र नम्बर २
का राष्ट्रिय प्रतिनीधि परिषद् सदस्य
रामप्रसाद अधिकारी र जिल्ला कमिटी
धादिङका सचिवालय सदस्य खेम
लोहनीले प्रशिक्षण दिनुभएको नेकपा
एमाले धादिङले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा नीलकण्ठ
गाविसका ९ वटै वडाका एकसय ५०
जना अगुवा एमाले कार्यकर्ताको
सहभागिता रहेको थियो । नेकपा
एमालेको पाटी संगठन सुदृढिकरण एवं
सशक्तिकरण अभियान माघ १५
गतेदेखि शुरु भएको पनि नेकपा एमाले
धादिङले जनाएको छ ।

0 comments to “नीलकण्ठमा एमालेको प्रशिक्षण”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger