Jul 29, 2011

मुम्बई आक्रमणमा नेपाली संलग्न !

,
मुम्बईमा दुई साताअघि भएको आक्रमणमा संलग्नताको आशंकामा प्रहरीले एक
नेपालीलाई नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार आक्रमणमा संलग्न एक व्यक्तिको मोबाइलमा नेपाली नागरिक
मोहम्मद जाहिदको मोबाइल नंवरबाट म्यासेज र फोन गएको फेला परेपछि उनलाई
नियन्त्रणमा लिइएको हो ।
भारतीय दूतावासले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले जाहिदलाई ठहिटीबाट
नियन्त्रणमा लिएको हो । उनलाई अहिले सार्वजनिक अपराधको अभियोग लगाएर
हनुमानढोकामा राखिएको छ । पक्राउ परेका ४० बर्षीय जाहिदले भने आफ्नो फोन
अर्कैले प्रयोग गरेको दाबी गरेका छन् ।
जाहिद काठमाडौंमा कपडामा बुट्टा भर्ने काम गर्दै आएका छन् । प्रहरीले
जाहिदलाई मुम्बईबाट आएको फोन र म्यासेजमा के थियो भन्ने स्पष्ट नभएको
बताएको छ । भारतबाट काम खोज्दै आएको एक व्यक्तिले आफ्नो मोबाइल प्रयोग
गरेको जाहिदले प्रहरीलाई बताएका छन् । मुम्बईका तीन स्थानमा दुई साताअघि
भएको आतंकवादी आक्रमणमा २४ जनाको मृत्यु भएको थियो ।

0 comments to “मुम्बई आक्रमणमा नेपाली संलग्न !”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger