Jul 28, 2011

जनसंविधान तयार छ त ?

,
देशकाअगुवा भनाउँदा नेताहरु
देश र जनताहरुको बारेमा सोच्न पनि
हम्मे हम्मे परेका छन् । कतै मुख्यतः
तीन राजनीतिक दलहरुले देशमा
जनपक्षीय तथा सर्वमान्य संविधान
बनाउँन नमानेका त होइनन् ? सबैको
चासो यसै विषयमा केन्द्रित छ आज
। सबै सर्बहारा वर्गहरुले साथै न्याय
र उन्मुक्ति चाहने जनताहरुले अब
फेरि एकपटक औंलो उठाउने बेला
आएको त हैन कतै ? नयाँ संविधानलाई
जनताको पक्षमा पार्न र राष्टूको
विकास हुने किसिमको बनाउन हामी
जनताहरु जो देशको उज्यालो मुहार
हेर्न चाहन्छौ ती सबै शक्तिकेन्द्रहरु
एकजुट हुनुपर्ने देखिन्छ आज ।
आगामी जेठ १४ सम्ममा नयाँ
संविधान निर्माण भएको हुनुपर्छ र
देशमा स्थिर शान्ति कायम भएको
हुनुपर्छ । अब, हामी जनताहरु सबै
मिलेर सविधान सभामा ६०१ कानको
जाली घचघच्याउनु पर्दछ ।
जनसंविधान तयार छ त ?
सभासदहरुको हातमा इलक्टूोनिक
मेसिनबाट चल्ने रातो र तातो
त्यसैमाथि देशको माटो लेखेको कलम
दिनुपर्दछ । हाम्रो तपाइहरुलाई विनम्र
अनुरोध छ सभासदहरु छिटो
विवादमा रहेका बुदाहरुमाथि ब्रेक
नलगाई रातो र तातो कलम
चलाउनुहोस् । तब मात्र देशले नयाँ
संविधान पाउन सक्छ् । राष्टूमा
गरिब, खान लाउन नपुग्ने मान्छेहरु
धेरै छन् ।
वाह ! कति राम्रो देशमा यी र
यस्ता समस्याहरु भनेका नै सायद
देश विकासका पूर्वाधार हुन । हो देश
विकासका पूर्वाधार हुन् हैन भने खै
त देश विकास कहाँ छ देश र
जनताले मागेको जनसंविभधान कहाँ
छ, कसको खल्तिमा परेको छ त ?
यसको जवाफ दिन संविधानसभा
कार्यालय संविधान लेखेर तयार भएको
हुनुपर्दछ । नत्र जनताले छोडने छैनन्
। राष्टूमा धेरै मान्छेहरु भोकै ,नाङ्गै
हिडिरहेका छन् । कतिपयले रातदिन
काम गर्दा पनि रगत बगाई छोड्दा
पनि हातका नङग्रा खियाउदा पनि
आफ्नो तथा आफ्ना
बालबालिकाहरुलाई पेटभरी खाना
खुवाउन सकेका छैनन् । तर ति जो
जनताको बारेमा वकालत गर्छौ
भन्नेहरुले भने जनतालाई नोकर
सरह बनाएका छन् । राष्टूमा रहेको
जनताको श्रमलाई शोषण गरेर आफ्नो
अलिसान महल बनाएका छन ।
राष्टूका नाममा रहेको करोडौ
सम्पतिलाई आफ्नो व्यक्तिगत नाममा
गराउन समेत पछि परेका छैनन् ।
देश खै कता कता हो साँच्चिकै देश
कता जाने भन्ने सम्पूर्ण प्रगतिशील
जनसमुदायको ध्यान आर्कषण हुनु
जरुरी छ ।
शान्ति र अग्रगमण चाहने
नचाहने तत्वहरुबीचमा भइरहेको
अन्तद्र्वन्द्वलाई हटाएर छिटो छरितो
यो देशमा जनसंविधान निर्माण गर्नु
पर्दछ । अब झन्डै ७२ दिन बाँकी
रहेको छ । के अबको यो छोटो
दिनमा नयाँ र जनपक्षीय संविधान
बनाउन सफल रहलान् त यी
राजनीतिक दलहरु ? हेरौ ।सुचना
पत्र बाट

0 comments to “जनसंविधान तयार छ त ?”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger