हरिस्चन्द्र लावती, हङकङ/
संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङअन्तर्गत न्युटेरिटोरिज क्षेत्रीय कार्य समितिको एकदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
१७ जुलाई २०११ का दिन युनलङ्स्थित् घडीपार्कमा न्युटेरिटोरिज क्षेत्रीय कार्य समितिको आयोजनामा सम्पन्न भएको सो प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षकको रुपमा हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा परिषदका केन्द्रीय सदस्य नबराज काम्बाङ रहेका थिए । प्रशिक्षणमा ऐतिहासिक तथा भावी लिम्बुवान स्वायत्त राज्यबारे, संघीयता, गणतन्त्र, सह-अस्तित्वमा रहने भावी लिम्बुवान स्वायत्त राज्यमा आदिवासी, अल्पसङ्ख्यक र अन्य जातिहरूको हकअधिकार, “मिशन जेएमएस” र “मिशन डीएस”को महत्वलगायतका बुँदाहरूमा प्रशिक्षण गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा अर्का अतिथि प्रवास कार्य समिति हङकङका सह-सचिव हरिसचन्द्र लावतीले ऐतिहासिक लिम्बुवान स्वायत्त राज्यबारे संक्षिप्त मन्तब्य राखेका थिए । सो कार्यक्रमको सभाध्यक्षता न्युटेरिटोरिज क्षेत्रीय कार्य समितिका अध्यक्ष प्रेम नेम्बाङले गर्नु भएको थियो भने सञ्चालन न्युटेरिटोरिज क्षेत्रीय कार्य समितिका सचिव सुरज सुब्वाद्वारा गरिएको थियो ।
Shared By
Limbuwan News Sewa


