Jul 28, 2011

जिल्लामा मह उत्पादनमा बृद्धि

,
मौरी पालन
व्यवसायबाट राम्रो आम्दानी लिन
थालेपछि धादिङ जिल्ला किसानहरु
मौरीपालन व्यवसायतर्फ आकर्षित हुन
थालेका छन् । कम लगानीबाट धेरै
फाईदा र छिटो लाभ लिन पाईने
भएपछि यहाँका कृषकहरु मौरी पालन
व्यवसायतर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय
धादिङले वि.स २०५४ देखि जिल्लामा
पहिलो पटक २५ वटा उन्नत मौरीको
घार वितरण गरी आधुनिक तरिकाले
मौरी पालन कार्यको शुरुवात गरेको
थियो । मुडेघारबाट भन्दा आधुनिक
घारबाट मह उत्पादन बढी हुने
भएपछि पछिल्ला समयमा जिल्लामा
आधुनिक प्रविधिबाट व्यवसाययिक
मौरीपालन गर्नेको सङख्य बढेको कृषि
विकास कार्यालय धादिङले जनाएको
छ । जिल्लामा नौसय ९० उन्नत
घारमा र एक हजार चारसय ४५
मुडेघार गरी जम्मा दुईहजार चारसय
३५ वटा घारमा मौरी पाल्दै आएका
छन् । जिल्लामा कृषकहरुले पकेट क्षेत्र
बनाई मौरी पालन व्यवसाय गर्दै पनि
आएका छन् । यस वर्ष जिल्लामा १०
हजार ५ सय ११ के.जि मह उत्पादन
भएको कार्यालयले जनाएको छ ।
मौरी पालनलाई आधुनीकिकरण
गरी व्यवसायमुखु बनाउनको लागि
जिल्लामा समुह गठन गरी आधुनिक
घार बनाउने तालिम दिदै आएको
कार्यालले जनाएको छ । हाल सम्म
जिल्लामा १२ वटा सक्रिया समूहहरुमा
संलग्न एकसय ९३ सदस्यहरु रहेका
छन् । जिल्लाको नलाङ, सलाङ,
जोगिमारा, कल्लेरी र धुषा गाविसमा
आधुनिक तरिकाबाट व्यावयिक मौरी
पालन गर्दै आएका छन् ।
सेरना जातका मौरीको लागि
ग्रामिण क्षेत्रको हावापानी उपयुक्त
हुने भएकोले यस जातको मौरी
व्यावसायिक रुपमा पाल्दै आएका
जिल्ला कृषि विकास कार्यालय
धादिङका बागवानी विकास अधिकृत
केशवप्रसाद घिमिरेले बताउनु भयो ।
परम्परागत खतीबाट हुने आम्दानी
भन्दा मौरीपालन व्यवसायबाट दोव्वर
राम्रो आम्दानी हुने भएपछि यहाँका
कृषकहरु मौरी पालनव्यवसायतर्फ
आकर्षित भएको घिमिरेले बताउनु भयो ।

0 comments to “जिल्लामा मह उत्पादनमा बृद्धि”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger