Jul 29, 2011

नेतृत्व र आलोचनात्मक दृष्टिकोण

,
नेतृत्वलाई आलोचना गर्दा पार्टी र क्रान्ति ध्वस्त हुन्छ भन्ने कुतर्कहरूलाई निकै प्रचार गरिएको छ । आलोचना र खबरदारीले मात्र नेतृत्वलाई खार्न सकिन्छ भन्ने माक्र्सवादी दृष्टिकोणलाई उनीहरूले बिर्सिएरजस्तो छ । कम्युनिस्टहरूले नेतालाई देवत्वकरण गर्ने र जे गरे वा बोले पनि कानुन बन्ने परिपार्टीलाई सही ठान्न सक्दैनन् । अघि नै भनिएको छ( ुमारे पाप, पाले पुण्यु भन्ने पुरानो कानुनको अहिले कुनै स्थान छैन । आलोचनालाई रचनात्मक, स्वस्थ र मित्रतापूर्ण बनाउनु पर्छ । माक्र्सवादका दुई विकृत अति हुन्छन्, एउटा निषेधात्मक, शत्रुतापूर्ण र अराजनीतिक आक्रामण र अर्को निरपेक्ष भजन वा स्तुतिगान र यी दुवै अमाक्र्सवादी स्वभाव र चेतनाका उपज हुन् भन्नैपर्छ( स्वस्थ आलोचना र खबरदारीले मात्र नेतृत्व र पार्टीलाई जनतामा स्थापित गराउाछ ।  ठीक यतिबेला एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकलाई सबैतिरबाट व्यग्रताका साथ चिहाइएको छ । बैठकको तत्कालीन बहस कार्यविभाजनमा ठोक्किएको छ । पार्टी अध्यक्ष प्रचण्डले आफ्नो सहयोगीहरू र हितैषीहरू गुमाउादै गएका समाचारहरू बाहिर आएका छन् । निश्चित छ, आमजनता र कार्यकर्ताहरूले बुझेको माओवादी नेतृत्व भनेको प्रचण्ड, किरण, बाबुराम, प्रकाश र बादलबीचको एकत्व नै हो । सामूहिक नेतृत्व र कार्यविभाजनको यो बहस उठ्नुका पछाडि एउटा लामो शृंखला छ भनेर बुझ्नु सही होला । यदि प्रचण्डका सही सल्लाहकार छन् भने यो प्रचण्डको कार्यशैलीको कमजोरीका कारण विकसित घटनाक्रम हो भनेर बुझ्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ । यतिबेला संस्थापन पक्षसाग दुईवटा तर्कहरू र विकल्पहरू छन्( पहिलो तर्क हो( अरुमाथि आक्रामक बन्ने, हनुमानहरू उतार्ने र भन्न लगाउने( ूलेनिन पनि कुनै बेला अल्पमतमा पर्नुभएको थियो ।ू सत्ता र शक्तिका दुरूपयोग गर्ने अनि साम, दाम, दण्ड, भेदको प्रयोग गरी अगाडि बढ्न खोज्ने । दोस्रो विकल्प हुन सक्छ( आफ्ना कमजोरीहरूको महसुस गर्ने, नैतिकताको बोध गर्ने र भन्ने( ूपदाधिकारीमै यति ठूलो असन्तुष्टि रहेछ, मेरो कारणले सबैमा असन्तुष्टि बढेको रहेछ, त्यसकारण कार्यविभाजन गरेरै पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्छ ।ू एउटा जनयुद्ध लडेर आएको कम्युनिस्ट पार्टीमा त्यो पनि शान्तिकालमा आएको ४(५ वर्षभित्रमै यति ठूलो अविश्वास, आशंका र प्रश्नहरू उब्जिनुलाई सामान्यरूपमा बुझ्नु हुादैन । समयमै बुद्धि नपुर्याए त्यसको परिणाम भयावह र डरलाग्दा नहोला भन्न सकिन्छ । सागै युद्ध लडेका सहयात्रीहरू अनि पदाधिकारीहरूभित्रैबाटै एक्लिनु भनेको नेतृत्वको अक्षमता नै हो र त्यसलाई यही रूपमा बुझ्नु नै आफूलाई पनि न्याय गरेको हुनेछ । अन्यथा बुझेमा आफ्नो भविष्यप्रति अन्याय गरेको नै सावित हुने कुरामा दुईमत नहोला । सुण्ड, मुण्डहरूलाई नै सर्वश्व ठानेर अगाडि बढेमा उनीहरू जस्तै बन्नेबाहेक अरु कुनै परिणाम निस्किन सक्दैन ।
नेतृत्व कसका लागि आदर्श बन्ने भन्ने प्रश्न ज्यादै महत्वपूर्ण हुन्छ । निश्चित छ कम्युनिस्टहरू वर्गीय प्रेमलाई नै प्राथमिकता दिन सक्नुपर्छ, अन्यथा माधव नेपाल(केपी ओली र सीपी मैनाली बन्नुपर्छ । पार्टीभित्रै विश्वास जित्न नसक्नेले बाहिर जित्ने सपना देख्नु व्यर्थ छ । भनिन्छ, नेताजस्तो छ, त्यस्तै पार्टी बन्छ । पछिल्लो समयमा पार्टीभित्र देखिएका विकृति र अराजकताले नेतृत्वलाई नै असफल बनाउाछ । धेरै वा आममान्छेहरूले प्रचण्डलाई लगाउने आरोपबाट जोगिन पलपलमा सचेत हुनुपर्छ, ती केही आरोपहरू हुन्, प्रचण्डको बोलीको ठेगान हुादैन, उनी आश्वासनका पोका मात्र बााड्छन् उनका निर्णयहरू तुरुन्तै परिवर्तन हुन सक्छन्, राम्रा निर्णय गरेजस्तो गर्ने अनि पछाडि हट्ने, विरोधीहरू वा आलोचकहरूलाई सिध्याइहाल्ने, मित्रहरूलाई पेल्ने र दुश्मनहरूसाग बढी सााठगााठ गर्ने निर्णय गर्ने तर कार्यान्वयन नगर्ने आदि । जेहोस् एकीकृत नेकपा माओवादी पार्टीलाई कसैले पनि आफ्नो विर्ता ठान्नु हुादैन र विर्ता बनाउने प्रयास पनि गर्नु हुादैन । मूल कुरा क्रान्ति हो र परिवर्तन हो । क्रान्तिलाई मारे पाप पाले पुण्य भन्ने अर्थमा बुझ्नु हुादैन । नेतृत्वलाई खरबरदारी गर्नु र उसका बायाा कदमलाई बढी क्रियाशील बनाउनु सबैको कर्तव्य हो । बेलाबेलामा नेताहरूले खुट्टा कमाउाछन् । त्यति मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको अभिशाप नै त्यही बनेको छ कि( ूजबजब आन्दोलन निष्कर्षतर्फ जाादै गर्छ, सफलतातर्फ र अनुकूलतातर्फ जाादै गर्छ, नेतृत्वबाट धोका हुन्छ र गद्दारी हुन्छ ।ू समयको मागअनुसार कहिले नेतृत्वमा शक्ति केन्द्रिकरण हुन्छ त कहिले विकेन्द्रिकरण । सधौभरि निरङ्कुश र नोकरशाह बन्ने सपना देख्नु हुादैन । हिटलरले जस्तै ुम नै पृथ्वी हुाु र मैले आदेश दिएा भने पृथ्वी पनि रोकिनुपर्छ भनेर सोच्नु हुादैन । पूर्वराजा वीरेन्द्रले त कार्यकारीबाट संवैधानिक राजा बन्न तयार भए तर त्यही कुरालाई उल्टो बुझेका कारण ज्ञानेन्द्र सत्ताच्युत बन्न र दरबारबाट आफौ बहिर्गमन हुन विवश भए ।
दश वर्षे जनयुद्धदेखि संविधानसभाको निर्वाचन र नौ महिने शासनकालसम्म पार्टीले क्रान्ति गर्ला भन्ने पूरै विश्वास थियो । तर, यतिबेला यही नेतृत्व र कार्यशैलीबाट परिवर्तन होला भन्ने सम्भवतः कसैमा पनि विश्वास छैन । स्वयम् कतिपय शीर्ष नेताहरू त कमाउ र खाउा भन्ने मिसनमा लागे भने अब तलको के कुरा रु भ्रष्टीकरणमाथिबाट सुरु भएपछि तलको के कुरा रु नेतृत्वमा सर्वहारापन देखिएन भने त्यसले जनविश्वास गुम्ने मात्र रहेछ । पार्टी अध्यक्ष एउटा गुटको नेता बन्नु हुने थिएन । इतिहासमा क। किरणले गरेको त्याग, बाबुराम र बादलले गरेको त्यागलाई सय पटक सोच्नुपर्छ । पार्टी र नेतृत्वलाई स्थापित गराउनका लागि गरेका पहलहरूलाई बिर्सनु हुादैन । के अब त्यो पुराना कीर्तिमानी कायम गर्नै नसकिने हो त रु यदि सबैको विश्वास जित्न सफल भएमा अधिकार स्वतः मूल नेतृत्वमा केन्द्रिकरण हुन्छ र विश्वास जित्न नसकेमा भाडभैलो मात्र हुन्छ । पछिल्लो समयमा भएको अन्तरविरोधले के देखाएको छ भने अहिलेसम्म पार्टीको खास अधिकार त प्रचण्डमा मात्र निहित रहेछ । पार्टीभित्र देखिएका पछिल्ला विकृतिहरू, असन्तुष्टिहरू र अविश्वासको स्थितिलाई मूल नेतृत्वले नै जिम्मेवारी लिनुपर्छ । फेरि पनि अन्त्यमा सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । नेतृत्वको कमजोरीमाथि प्रहार गर्दै राम्रा पक्षहरूलाई पनि बढी प्रोत्साहित गर्नुपर्छ । कमजोरी अरु सबै तिरबाट भए कि रु त्यता पनि सोच्नुपर्छ ।
विष्णु पन्त

0 comments to “नेतृत्व र आलोचनात्मक दृष्टिकोण”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger