नेतृत्व कसका लागि आदर्श बन्ने भन्ने प्रश्न ज्यादै महत्वपूर्ण हुन्छ । निश्चित छ कम्युनिस्टहरू वर्गीय प्रेमलाई नै प्राथमिकता दिन सक्नुपर्छ, अन्यथा माधव नेपाल(केपी ओली र सीपी मैनाली बन्नुपर्छ । पार्टीभित्रै विश्वास जित्न नसक्नेले बाहिर जित्ने सपना देख्नु व्यर्थ छ । भनिन्छ, नेताजस्तो छ, त्यस्तै पार्टी बन्छ । पछिल्लो समयमा पार्टीभित्र देखिएका विकृति र अराजकताले नेतृत्वलाई नै असफल बनाउाछ । धेरै वा आममान्छेहरूले प्रचण्डलाई लगाउने आरोपबाट जोगिन पलपलमा सचेत हुनुपर्छ, ती केही आरोपहरू हुन्, प्रचण्डको बोलीको ठेगान हुादैन, उनी आश्वासनका पोका मात्र बााड्छन् उनका निर्णयहरू तुरुन्तै परिवर्तन हुन सक्छन्, राम्रा निर्णय गरेजस्तो गर्ने अनि पछाडि हट्ने, विरोधीहरू वा आलोचकहरूलाई सिध्याइहाल्ने, मित्रहरूलाई पेल्ने र दुश्मनहरूसाग बढी सााठगााठ गर्ने निर्णय गर्ने तर कार्यान्वयन नगर्ने आदि । जेहोस् एकीकृत नेकपा माओवादी पार्टीलाई कसैले पनि आफ्नो विर्ता ठान्नु हुादैन र विर्ता बनाउने प्रयास पनि गर्नु हुादैन । मूल कुरा क्रान्ति हो र परिवर्तन हो । क्रान्तिलाई मारे पाप पाले पुण्य भन्ने अर्थमा बुझ्नु हुादैन । नेतृत्वलाई खरबरदारी गर्नु र उसका बायाा कदमलाई बढी क्रियाशील बनाउनु सबैको कर्तव्य हो । बेलाबेलामा नेताहरूले खुट्टा कमाउाछन् । त्यति मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको अभिशाप नै त्यही बनेको छ कि( ूजबजब आन्दोलन निष्कर्षतर्फ जाादै गर्छ, सफलतातर्फ र अनुकूलतातर्फ जाादै गर्छ, नेतृत्वबाट धोका हुन्छ र गद्दारी हुन्छ ।ू समयको मागअनुसार कहिले नेतृत्वमा शक्ति केन्द्रिकरण हुन्छ त कहिले विकेन्द्रिकरण । सधौभरि निरङ्कुश र नोकरशाह बन्ने सपना देख्नु हुादैन । हिटलरले जस्तै ुम नै पृथ्वी हुाु र मैले आदेश दिएा भने पृथ्वी पनि रोकिनुपर्छ भनेर सोच्नु हुादैन । पूर्वराजा वीरेन्द्रले त कार्यकारीबाट संवैधानिक राजा बन्न तयार भए तर त्यही कुरालाई उल्टो बुझेका कारण ज्ञानेन्द्र सत्ताच्युत बन्न र दरबारबाट आफौ बहिर्गमन हुन विवश भए ।
दश वर्षे जनयुद्धदेखि संविधानसभाको निर्वाचन र नौ महिने शासनकालसम्म पार्टीले क्रान्ति गर्ला भन्ने पूरै विश्वास थियो । तर, यतिबेला यही नेतृत्व र कार्यशैलीबाट परिवर्तन होला भन्ने सम्भवतः कसैमा पनि विश्वास छैन । स्वयम् कतिपय शीर्ष नेताहरू त कमाउ र खाउा भन्ने मिसनमा लागे भने अब तलको के कुरा रु भ्रष्टीकरणमाथिबाट सुरु भएपछि तलको के कुरा रु नेतृत्वमा सर्वहारापन देखिएन भने त्यसले जनविश्वास गुम्ने मात्र रहेछ । पार्टी अध्यक्ष एउटा गुटको नेता बन्नु हुने थिएन । इतिहासमा क। किरणले गरेको त्याग, बाबुराम र बादलले गरेको त्यागलाई सय पटक सोच्नुपर्छ । पार्टी र नेतृत्वलाई स्थापित गराउनका लागि गरेका पहलहरूलाई बिर्सनु हुादैन । के अब त्यो पुराना कीर्तिमानी कायम गर्नै नसकिने हो त रु यदि सबैको विश्वास जित्न सफल भएमा अधिकार स्वतः मूल नेतृत्वमा केन्द्रिकरण हुन्छ र विश्वास जित्न नसकेमा भाडभैलो मात्र हुन्छ । पछिल्लो समयमा भएको अन्तरविरोधले के देखाएको छ भने अहिलेसम्म पार्टीको खास अधिकार त प्रचण्डमा मात्र निहित रहेछ । पार्टीभित्र देखिएका पछिल्ला विकृतिहरू, असन्तुष्टिहरू र अविश्वासको स्थितिलाई मूल नेतृत्वले नै जिम्मेवारी लिनुपर्छ । फेरि पनि अन्त्यमा सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । नेतृत्वको कमजोरीमाथि प्रहार गर्दै राम्रा पक्षहरूलाई पनि बढी प्रोत्साहित गर्नुपर्छ । कमजोरी अरु सबै तिरबाट भए कि रु त्यता पनि सोच्नुपर्छ ।
विष्णु पन्त


