जेल जाने बेलामा अनुहार मलिनो हुनु स्वाभाविकै हो । करोडौंको धरौटी तिर्न र त्यो नसके थुनामा राख्न आदेश हुँदा सुडान घोटालाका आरोपी पूर्वप्रहरी प्रमुखहरू ओमविक्रम राणा, रमेश चन्द ठकुरी र हेमबहादुर गुरुङ रुन मात्रै सकेका थिएनन् ।
तर विशेष अदालतमा शुक्रबार अलि फरक दृश्य देखियो । अदालतमा हाजिर हुन आएका घोटाला प्रकरणमा कडा आदेश पाएका ठेकेदार शम्भु भारतीको अनुहारमा दुःखको सानो धर्काे पनि देखिएन ।
बरु उल्टै अदालतका कर्मचारीले उनलाई १५ करोड धरौटी र स्थान हदको आदेश दिएको बेहोरा पढेर सुनाउँदा भारती पटक-पटक मुसुक्क हाँसे । तीन दिनदेखि न्यायिक हिरासतमा बस्दै आएका भारतीलाई धरौटी तिर्न नसकेपछि जेल लैजाने तयारी भइरहेको
थियो । आवश्यक कागजमा दस्तखत गर्न उनी अदालतको भुइँतलामा आएका थिए ।
थुना जानुअघि उनले केही ठाउँमा फोन गरे । उनीसँगै आएका दुई युवालाई एउटा मोबाइल नम्बर टिपाए । 'भित्र -जेलमा) त यो लैजान दिँदैन होला हैन ?' उनले अदालतका कर्मचारीसँग सोधे, 'केही छैन, ढोकासम्म पुगेपछि फिर्ता पठाइदिउँला ।'
भारती 'विदेश भागी जान सक्ने सम्भावना देखिएकाले राहदानी जारी नगर्न र जारी भइसकेको भए रोक्न' परराष्ट्र मन्त्रालयलाई अदालतले भनेको छ । त्यस्तै 'खुला सिमाना बिनाराहदानी भारततर्फ भागी जाने सम्भावना भएकाले' मुद्दाको टुंगो नलागेसम्म काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थान छाड्न बन्देज' गर्न गृह मन्त्रालयका नाममा पनि विशेषले आदेश जारी गरेको छ । यो पढेर सुनाउँदा भारती आफ्ना वकिलतिर हेर्दै हाँसेका थिए । उनले ओठ पनि लेब्य्राए । 'अदालतको आदेशका बारेमा केही भन्नु छ कि ?' उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए ।
'विचाराधीन मुद्दामा बोल्न मिल्दैन,' कानुनमा स्नातक भारतीले जवाफमा भनेका थिए, 'म केही भन्दिनँ ।'
भारतीलाई धरौटी नतिरुन्जेलका लागि थुनामै राख्न अदालतले सदर कारागार डिल्लीबजार लगेको छ । त्यहाँ सुडान घोटालाका मुख्य आरोपी पूर्वआईजीपी ओमविक्रम राणा र एसएसपी रविप्रताप राणा पनि छन् ।
भारती सुडानमा खटिएका प्रहरीका लागि आवश्यक बख्तरबन्द गाडी -एपीसी), त्यसको पार्टपुर्जा र बन्दोबस्तीका सामान किन्ने तथा त्यहाँ पुर्याउने काममा प्रत्यक्ष संलग्न थिए । उनकै कारण सुडान घोटाला भएको भन्दै अदालतले उनलाई आरोपीहरूमध्ये अहिलेसम्मकै कडा स्थान हदको आदेश जारी गरेको हो । यति हुँदा पनि उनी केही नभएझैं देखिन्थे । सुडान घोटालामा १५ करोड धरौटीको आदेश पाएका उनी ओमविक्रमपछिका दोस्रा अभियुक्त हुन् ।
भारतीले एपीसीको सुरु प्रक्रियादेखि नै घोटालाको योजना बनाएको देखिएको छ । एपीसी किन्नका लागि तीनवटा दरभाउ पत्रको प्रस्ताव परेको थियो । तीनमध्ये एउटा भारतीको, अर्काे उनकी पत्नीको र अर्काे उनकी सालीको थियो । जुन छनोटमा परे पनि काम आफ्नै हातमा आउने गरी उनले प्रहरी महानिरीक्षक राणालाई हातमा लिएका थिए । राणाले बेलायती कम्पनी एस्योर्ड रिस्क लिमिटेडको तर्फबाट भारतीको कम्पनी भगवती टे्रडर्सलाई ठेक्का दिन लगाएको बयान रविप्रताप राणा, श्यामसिंह थापालगायत आरोपीले दिइसकेका छन् ।
'एपीसी खरिदमा अनियमितताको बिजारोपण बन्दोबस्ती सामानको दरभाउ शम्भु भारतीबाट लिने कामदेखि नै नियोजित रूपमा गराएको देखिन आयो,' विशेषका अध्यक्ष गौरीबहादुर
कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले भनेको छ, 'सो दरभाउ पत्रको प्रस्ताव पटक-पटक ठेकेदारको पक्षमा संशोधन भएको देखिन आयो ।'
सुरु सम्झौतापछिका सर्त संशोधन, भुक्तानी प्रक्रिया, एलसी संशोधन सबै प्रक्रिया 'शतप्रतिशत ठेकेदारको हितमा गरेको' अदालती ठहर छ । ठेकेदारले ९ सेप्टेम्बर २००७ को प्रहरी प्रधान कार्यालयमा पेस गरेको दरभाउ पत्रको दफा ७ मा एपीसीको ओरिजिन भारत, चीन, यूएसए, क्यानडा, रसिया र यूके भनी कम्प्युटर टाइपबाट उल्लेख गरिएको थियो । भारतीले त्यसमा 'नोट, एपीसीको नमुना ओटिसिक्सफोर हुनेछ र यो मर्मत गरिनेछ, अर्थात् सेकेन्डह्यान्ड हुनेछ' भनी हातैले थपेका थिए । सुरुको बोलपत्र र सम्झौतामा चेकोस्लाभाकियामा बनेको ओटिसिक्सफोरको एपीसी भन्ने कतै परेको थिएन । 'सुरुको बिडमा देशको नाम नै नखोलेको र मोडल नम्बरसमेत नखोलेकामा मिलेमतोमा ठेक्का स्वीकृत भइसकेपछि हातले यी प्रतिवादी शम्भु भारतीले थपेकोबाट' अदालतले भनेको छ, 'यो नै विवादको मिलेमतो र घोटालाको सुरुआत गरेको देखिन आयो ।'
'जालझेल र छलकपट' गरेर 'पुरानो एपीसी भिडाउने मुख्यकर्ता नै यी प्रतिवादी शम्भु भारती रहेको प्रत्यक्ष प्रमाणले देखिन आएको' अदालती ठहर छ ।
को हुन् भारती ?
सुडान घोटालाबाट एकाएक चर्चा आएका युवा शम्भु भारती मूलतः ठेकेदार हुन् । राजनीतिक सम्बन्धको आडमा प्रहरी र सेनाको उच्च नेतृत्वमा यिनको राम्रो पकड छ । सेना-प्रहरीको रासनपानीको ठेक्कामा यी संलग्न हुँदै आएको उनलाई चिन्नेहरू बताउँछन् । राजनीतिक सम्बन्ध र पहुँचकै आधारमा सुडान पठाइन लागेको बख्तरबन्द गाडीलगायत सामग्रीको ठेक्का उनले पाएका हुन् ।
अख्तियारले उनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उनको तीनपुस्ते चिनारीबारे भनिएको छ, 'जोगी भारतीको नाति पदम भारतीको छोरा डडेल्धुरा जिल्ला रुपाल गाविस-४ स्थायी घरभई हाल ललितपुर जिल्ला सैंबु गाविस-८ नख्खु बस्ने वर्ष ४० का भगवती ट्रेडर्सका प्रोप्राइटर ।'
दुई दशकअघि सानतिनो ठेक्कापट्टा सुरु गरेका भारतीले राजनीतिक साँठगाँठका कारण अर्बाैंका काम गर्ने अवसर पाए ।
उनी अहिले करोडौंको कारोबार दिनमै मिलाउन सक्ने हैसियतमा पुगेका छन् । श्रीमती, साली र आफन्तका नाममा समेत उनले दर्जनौं र्फम खोलेका छन् । सेना र प्रहरीको हतियारको ठेक्कापट्टा गर्ने बेलामा उनी यी सबै र्फमबाट बोलपत्र हाल्न लगाउँथे । एउटा न एउटालाई परिहाल्थ्यो । सुडान घोटालामा पनि उनले त्यही गरेका छन् । साली, श्रीमती र आफ्नो गरी तीन र्फमलाई उनले दर्ता गराए । यसबाट भाउ घटाघट गरेको नाटक पनि गरे । अन्त्यमा आफ्नै र्फमबाट पाएजस्तो पनि गरे ।
यसरी उनले अर्बाैंको सम्पत्ति कमाएको जानकारहरू बताउँछन् । उनको महेन्द्रनगर, ललितपुर र बूढानीलकण्ठमा घर छन् । काठमाडौंका दर्जनौं ठाउँमा दर्जनौं रोपनी जमिन छन् । जानकार स्रोतका अनुसार अदालतले मागेको धरौटी उनका लागि केही पनि होइन ।
कसले कसरी तिरे धरौटी
सुडान घोटालाका डेढ दर्जनभन्दा बढी अभियुक्तलाई विशेष अदालतले धरौटी तिर्न आदेश दिएको छ । १४ लाखदेखि १५ करोडसम्म धरौटीको आदेश भएको छ । शुक्रबार शम्भु भारतीलाई भएको १५ करोडको पनि हिसाब गर्दा आधा प्रतिवादीबाटै कुल धरौटी ४२ करोड नाघिसकेको छ । पूर्वआईजीपी ओमविक्रम राणा र एसएसपी रविप्रताप राणा धरौटी तिर्न नसक्दा जेलमै छन् । रविप्रतापले रूपन्देहीस्थित आफ्नै नामको जग्गा धरौटीमा राख्न निवेदन दिएका छन् । उक्त जग्गा १ करोड २५ लाख बराबरको भए/नभएको बुझ्ने काम भइरहेको विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले बताए । त्यस्तै ओमविक्रमले आफ्नी ५ छोरी र आफन्तसहित १२ जनाको नाममा भएको जायजेथा अदालतमा बुझाउन निवेदन दिएका छन् । दिवाकर राणा, निता राणा, पुनिताविक्रम राणा, स्वस्तिका राणा, स्वरूपा राणा, स्वीकृति राणा, विद्या शाह, तारा थापा, नम्र शाह, उपमा शाह, रितिका राणा र पुस्तिका राणाको नामको जग्गा उनले धरौटीमा राख्न चाहेका हुन् ।
चन्दका अनुसार यी सबै जग्गा ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न ठाउँमा छन् ।
बाँकी अभियुक्तमध्ये केहीले अदालतमा जग्गा राखेर र अधिकांशले बैंक जमानत तेस्र्याएर थुनामुक्त भएका छन् ।
भारतीविरुद्धका सात अभियोग
एपीसीको बोलपत्र गैरकानुनी रूपले प्रस्तुत गरेको
प्रहरी प्रधान कार्यालयबाट आठवटा एपीसी ढुवानीका लागि भनेर यूएस डलर १,४५,६०० र त्यसको बिमाबापत ७३,५३४ अमेरिकी डलर, स्पेयर पार्टस्को बिमा र ढुवानीबापत ६२,५८० र पानी ट्यांकर र एम्बुलेन्स ३/३ थानको बिमा र ढुवानीबापत अमेरिकी डलर ५१,४६७ भुक्तानी लिएको ।
एपीसीको बिमाबापत ३३,२७,२९५ यूएस डलर बिमा गर्नुपर्नेमा ३०,३३,९११ मात्रै बिमा गरेको
स्पेयर पार्टस्को मूल्य अभिवृद्धि कर २,०८० अमेरिकी डलर भुक्तानी लिएको
बन्दोबस्तीका सामानहरू सुडान पोर्टसम्म निःशुल्क पुर्याइदिने सम्झौता गरेको र पछि ढुवानी सम्झौता गरी अमेरिकी डलर ५१,४६७ बुझिलिएको
कर तिरेको बिल जारी नगरी भुक्तानी लिएको
प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रमुख ओमविक्रम राणासँग मिलेमतो गरी कमसल र पुराना एपीसी, काम नलाग्ने स्पेयर पार्टस् ढुवानी गरी ३ करोड १० लाख ३७ हजार ३ सय ३० रुपैयाँ बुझिलिएको
धरौटी कसलाई कति ?
नाम रकम धरौटीको प्रकार
डीएसपी दिनेश केसी ३५ लाख आमाको नामको जग्गा
एआईजी दीपेन्द्रबहादुर विष्ट १ करोड इन्भेस्टमेन्ट बैंकको जमानत
आईजीपी हेमबहदुर गुरुङ ५ करोड ग्लोबल बैंकको जमानत
एसएसपी श्यामबहादुर थापा ७० लाख सिद्धार्थ बैंकको जमानत
आईजीपी रमेशचन्द ठकुरी ७ करोड सिभिल बैंकको जमानत
डीएसपी प्रकाश अधिकारी १५ लाख श्रीमतीको नामको जग्गा
एआईजी मदनबहादुर खड्का ५० लाख सिद्धार्थ बैंकको जमानत
एसपी विद्याराज श्रेष्ठ १५ लाख माछापुच्छ्रे बैंकको जमानत
एसपी कृष्णप्रसाद गुरागाइर्ं १५ लाख श्रीमतीको नामको जग्गा
एसपी सञ्जयसिंह बस्नेत ४० लाख सिभिल बैंकको जमानत
एसपी दीपककुमार श्रेष्ठ ७५ लाख सिभिल बैंकको जमानत
डीआईजी रमेशविक्रम शाह ७० लाख इन्भेस्टमेन्ट बैंकको जमानत
source: kantipur
प्रकाशित मिति: २०६८ श्रावण १४ ०९:५६