Jul 28, 2011

खपत नहँदु ा तरकारीका े मल्ु य घटय् ो

,
खपत नहँदु ा तरकारीका े मल्ु य घटय् ो

उत्पादन वृद्धिसंगै तरकारीको खपतमा पनि कमी आउन थालेपनि मुल्यमा समेत कमी आएको छ । मौसम अनुसार तरकारीको उत्पादन परिमाणमा वृद्धिसंगै गोलभेडाको मुल्यमा झनै भारी गिरावट आएको कालिमाटी
फलफुल तथा तरकारी थोक व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार विहिबार गोलभेडा ठूलो प्रतिकिलो ११ रुपैयादेखि १२ रुपैँया र गोलभेडा सानो प्रतिकिलो ११ रुपैयादेखि १६ रुपैयाको हाराहारीमा कारोबार
भएको छ ।
उत्पादन वृद्धिसंगै गोलभेडा, काउली, बन्दा, काक्रो लगायत अधिकांश तरकारीको मूल्यमा गिरावट आएको कालिमाटी फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले जानकारी दिनुभयो । काउली प्रतिकिलो दश रुपैंया देखि १६ रुपैया, बन्दा प्रतिकिलो ८ देखि १० रुपैया, काक्रो प्रतिकिलो १६ देखि १८ रुपैया र भण्टा प्रतिकिलो १२ देखि १६ रुपैयामा कारोबार भइरहेको संघले जानकारी दिएको छ ।
मौसमअनुसारका तरकारीहरु अहिले बजारमा पर्याप्त मात्रामा भित्रिएको र भित्रिनेक्रम नरोकिएको कारण
तरकारीको मुल्यमा गिरावट आउनेक्रम बढेको संघका अध्यक्ष खतिवडाले बताउनुभयो । त्यस्तै भण्टा, खुर्सानी,
घिउसिमी, लौका, मुला, बकुल्ला, गाजर, फर्सी लगायतका तरकारीमा पनि गिरावट आएको बताउँदै अबको
केही साता तरकारीको मुल्यमा सुधार आउने सम्भावना कम भएको पनि अध्यक्ष खतिवडाले जानकारी दिनुभयो।
कालिमाटी तरकारी बजारमा उपभोक्ता, विक्रेता वा उत्पादक गरी दैनिक २० लाख भन्दा बढि मानिसहरु प्रभावित हुने भन्दै यसको व्यवस्थापन गर्नको लागि राज्यले छुट्टै नीति ल्याउनुपर्ने अध्यक्ष खतिवडाले
बताउनुभयो । तरकारी नाशवान वस्तु हो यसको संवेदनशीलतालाई बुझेर राज्यले तरकारी तथा फलफुलको
लागि छुट्टै नीति ल्याउनुपर्ने उहाँले धारणा राख्नुभयो ।
यसका लागि केन्द्रिय स्तरबाट नै नीति तर्जुमा गरी कसले के सुविधान पाउने र यो पेशामा लागेका व्यक्तिहरुले के गरेमा सजाय पाउने भन्ने कुराहरुको नीतिमा उल्लेख गरिनुपर्ने उहाँले बताउनुभयो । उपत्यकामा पर्याप्त मात्रामा होलसेल बजारको विस्तार गर्नुपर्ने र बाह्रैघण्टा ठूला तथा साना गाडीहरु आवात जावत गर्न सक्ने अर्काे दुई वटा श्रोत बजारको व्यवस्था हुन जरुरी रहेको छ । उपत्यकाका सबै वडाहरुको पायक पर्ने
स्थानमा श्रोतबजारको व्यवस्था गरी एकाधिकारको अन्त्य गर्न सके तरकारी पेशालाई अझ सुधार गर्न सकिने संघले जनाएको छ ।
तरकारी बजारमा तोकिएको मुल्य अनुसार भाउ नपाइएको गुनासाहरु किसानहरुबाट आएमा त्यसको समस्या
समाधान गर्नको लागि पनि संघले पहल गरिरहेको भन्दै काठमाण्डौ उपत्यकामा चाहिने मध्ये ७० प्रतिशत भन्दा बढि तरकारीहरु कालिमाटी फलफुल तथा तरकारी बजारबाट निर्यात हुने संघले जानकारी दिएको छ । संघका अनुसार वार्षिक ६ सयदेखि ७ सय मेटिूक टनको हाराहारीमा दैनिक रुपमा तरकारीहरु भित्रने भएपनि यो साता एक हजार मेटिूक टन भन्दा बढि तरकारीहरु दैनिक भित्रने गरेको संघका अध्यक्ष खतिवडाले
आर्थिक दैनिकलाई जानकारी दिनुभयो । कालिमाटीको तरकारी तथा फलफुल बजारमा दैनिक ८० लाख देखि एक करोड भन्दा बढिको कारोबार हुने गरेको छ ।
तरकारी बजारमा बढिमात्रामा काभ्रे, धादिङ, सर्लाही, रौतहट लगायतका जिल्लाहरुबाट गोलभेडा र चितवन,
नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाहरुबाट काउली, बन्दा जस्ता तरकारीहरु भित्रने व्यापारीहरुले जानकारी दिएका छन् । यो साता सर्लाही, लालबन्दी, रौतहट लगायतका जिल्लाहरुबाट पनि तरकारीहरु पर्याप्त मात्रामा भित्रिएको भन्दै आगमनको २१ प्रतिशत भन्दा बढि भाग धादिङ जिल्लाले ओगेटेको व्यापारीहरुले जानकारी दिएका छन् ।

0 comments to “खपत नहँदु ा तरकारीका े मल्ु य घटय् ो”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger