ईपिएस रोजगार प्रणालीअन्तर्गत दक्षिण कोरियामा काम गर्न जान लिइने कोरिया
भाषाको परीक्षा आजबाट सुरु हुँदैछ । आज र भोलि हुने उक्त परीक्षामा ५७
हजार ४ सय ५७ युवायुवती सहभागी हुने ईपीएस कार्यालयले जनाएको छ । यो
संख्या अघिल्लो वर्षको भन्दा १५ हजारले बढी हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गर्न
अनिवार्य रुपमा यो परीक्षा उतीर्ण गर्नुपर्छ । यसपटकको परीक्षामा उतीर्ण
हुने सात हजार एक सय परीक्षार्थी सन् २०१२ मा कोरिया जान सक्नेछन् । श्रम
तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरका २०
स्थानबाट परीक्षा केन्द्र तोकिएको छ । परीक्षाका लागि १ हजार ३ सय
कर्मचारी र १ हजार प्रहरी परिचालन गरिने मन्त्रालयले जनाएको छ ।
कोरियाले रोजगार अनुमति प्रणालीअन्तर्गत सन् २००८ मा आवेदन खुला गरेपछि
यसअघि दुईवटा परीक्षा भइसकेका छन् । यसअघिको परीक्षामा चार हजार १८०
परीक्षार्थी उतीर्ण भएकामा तीन हजार एक सय मात्रै कोरिया गएका थिए । यो
प्रणाली अन्तर्गत हालसम्म गएका ८ हजार नेपाली युवा दक्षिण कोरियामा काम
गरिरहेका छन् । ईपीएस कार्यालयका निर्देशक महेश आचार्यले परिक्षार्थीको
उत्तरपुस्तिका कोरियामा नै जाँच हुने र नतिजा आगामी भदौ पहिलो साता
प्रकाशित गरिने जानकारी दिएका छन् ।
परीक्षाका लागि कोरियाली मानव संशाधन विभागका महानिर्देशक शक लिम क्युङ
सिकको नेतृत्वमा ५८ सदस्य टोली नेपाल आइसकेको छ । भाषा परिक्षाका लागि ५७
हजार ६ सय ५१ जनाले आवेदन दिएका भएपनि उमेर हदबन्दीका कारण केही आवेदन
खारेज भएको छ । नेपालका लागि यस वर्ष कोरियाले ७ हजार १ सय कामदारको
कोटा छुट्याएको छ ।
नेपाल र कोरिया सरकारबीच ईपिएस प्रणाली अन्तर्गत कामदार पठाउने सहमति
भएपछि न्यून लागतमा नेपाली युवायुवतीहरुलाई कोरिया रोजगारीमा पठाइदैं
आइरहेको छ । यसअघि मेनपावर कम्पनी र एजेन्टहरुलाई लाखौं बुझाएर कोरिया
जान बाध्य युवाहरु हाल सतरी हजार रुपैयाँ तिरेर कोरिया जान पाउँछन् र
मासिक ७० हजार देखि १ लाख रुपैयाँ सम्म आम्दानी गर्न सक्दछन् ।
उता, मानव संशाधन विभागका महानिर्देशक सिकले ईपिएस अन्तर्गत कामदार कोटा
बढाउन सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । श्रम तथा यातायात
व्यवस्था मन्त्रालयका अधिकारीहरुसँग भएको छलफलमा महानिर्देशक सिकले
नेपाली कामदारहरुको प्रशंसा गर्दै कोटा बढाउने तयारी गरिरहेको बताएका छन्
। उनले विगतमा नेपाली कामदारको मेहनत र इमान्दारिता देखेर नै यस वर्ष
कामदारको कोटा बढाएको उल्लेख गर्दै यसै वर्षदेखि कोटा बढाउने विषमा छलफल
चलिरहेको जानकार दिएका छन् ।
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 29, 2011
Subscribe to:
Post Comments (Atom)


