नयाँ संविधान निर्माणकालागि थपिएको समय सिमा पनि अब सकिनै लागेको छ । संविधान घोषणा गर्ने
मिति नजिकिदै आउँदा राजनीतिक दलहरुका गतिविधिमा परिवर्तन आउन सकेको छैन । संविधान घोषणाको अन्तिम मिति नजिकिए पनि वर्तमान राजनीतिक परिदष्य हेर्दा बाँकि समयमा संविधानले पूर्णता पाउन सक्ने अवस्था अत्यन्त न्युन देखिन्छ । दलहरु सरकार निर्माण र भागवण्डा मै अल्झिएका छन् । जसले गर्दा संविधान निर्माणको काम ओझेलमा परेको छ । देशले पछिल्लो पटक प्रधानमन्त्रि पाएको पनि डेढ महिना भयो, यतिका समयमा पनि सरकारले पूर्णता नपाउँदा नागरिकहरु अन्यौलमा परेका छन् । समयमै
संविधान नबन्ने हो भने नेपाली जनताले ऐतिहाँसिक रुपमा प्राप्त गरेका अवसर र उपलव्धिहरु समाप्त भएर जानेछ, फेरी जनताले अर्को काला दिनहरुको सामना गर्नु पर्नेछ ।
एकवर्ष अघि नै संविधान बनाई सक्नु पर्नेमा संविधानसभाको म्याद एक वर्ष थपेर यो अवधिमा पनि केहि काम नहुँदा नेपालका राजनीतिक दलहरु असफल सावित हुन पुगेकन छन् । वृहत शान्ति सम्झौता पछि सुमाबेसी लोकतान्त्रिक संविधान बन्नेमा ठूलो आशा गरिएको थियो । जनताले दिएको मतको पनि एउटा समयसिमा हुन्छ । यस तर्फ राजनीतिक दलका नेताहरुले सजगता अपनाउनु पर्छ । आम कार्यकर्ता र नागरिक समाजले पनि यसको हेक्का दिलाउन दवाव सिर्जना गर्नु पर्छ । संविधान नबने फेरी समय थपिन्छ भन्ने कसैकसैलाई लागेको होला तर जनताले दिएको मतको अपमान गर्ने अधिकार भने कसैलाई रहने छैन । बारम्बार त्याग र बलिदानीको कुरा गर्ने संविभान निर्माण शनन्ति प्रक्रिया र माओवादी लडाकु समायोजन, पुनस्र्थाजना र व्यवस्थापन जस्ता विषयमा व्यवहारमै त्याग गरेर देखाउन पनि सक्नु पर्छ ।
यो बेला संविधान निर्माण गर्न विज्ञ र नागरिक समाजका व्यक्तित्वकोहरुले राजनीतिक दल र तीनका
नेताहरुलाई दवाव दिन पनि सक्नु पर्छ । समाबेसी संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने काममा विषेष गरी अहिलेका तीन ठूला राजनीतिक दल र तीनका नेताहरुले सहमती सहकार्य र एकतामा ध्यान पु¥याउनै पर्छ । यहाँ कसैले अर्कोलाई सहयोग नगर्ने र बसैले अकौृलाई निषेध गरेर जान खोज्दा ठूलो दर्घटना हुन सक्छ । बारम्बार त्यागको कुरा गर्ने राजनीतिक दलका नेताहरुले संविधान निर्माण, शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा पेरि एक पटक त्याग गर्नु पने बेला भएको छ ।
व्यक्ति र पार्टी भन्दा माथि उठेर राष्टिूय स्वार्थलाई आत्मसात गर्ने हो भने अहिले देखिएका समस्याहरु आफैं समाधान हुन्छन् । आशा गरौं, हामीले त्यो सुनौलो विहानी देख्नेछौं ।
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 28, 2011
Subscribe to:
Post Comments (Atom)


